साप्ताहिक संवाददाता
भाद्र २३, २०७३
यसै शनिबार ललितपुरको झम्सीखेलमा ‘झम्सीखेल महोत्सव’ सञ्चालन हुँदैछ । चार–चार वर्षमा आयोजना हुने यो महोत्सवमा बिहान ८ बजेदेखि फुड स्टल, हस्तकला प्रदर्शनी, चिल्ड्रेन पार्क, धनुष–बाण प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, लोक नृत्य, धिमे बाजा, रक कन्सर्टका साथ हास्य कलाकारहरूको प्रस्तुति रहने बताइएको छ ।
कार्यक्रममा सन्दिप क्षेत्री, पूर्ण थापा, रवि डंगोल, राजा राजेन्द्रका साथ गायिका कोमल वली तथा रक समूह मुक्ति एण्ड रिभाइबलले प्रत्यक्ष प्रस्तुति दिनेछन् । महोत्सव राति ८ बजेसम्म चल्ने बताइएको छ ।