आजदेखी 'छक्का पञ्जा'

- साप्ताहिक संवाददाता

भाद्र २४, २०७३

हास्यकलाकारको पनि नायक हुने दिन आउँदो रहेछ । दस वर्षअघिसम्मका चलचित्रमा नायकको पछाडि ‘जोकर’ झैं देखिने हास्यकलाकारहरूले नायककै रूपमा ‘६ एकान ६’ तथा ‘वडा नम्बर ६’ निर्माण गरेर त्यसलाई सफल बनाए ।

 

त्यही टिमले निर्माण गरेको अर्को चलचित्र ‘छक्का पञ्जा’ आज शुक्रबार देशव्यापी रूपमा सार्वजनिक हुँदैछ । पहिलेका दुई सफल चलचित्रमा झैं यसमा पनि चर्चित हास्यकलाकारहरू नै नायकको भूमिकामा छन् । दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे तथा शिवहरि पौडेल चलचित्र ‘छक्का पञ्जा’ का नायक हुन् । नायिका दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रको निर्मातामा पनि उनीहरूकै नाम छ । यसअघि दुई सफल चलचित्र बनाइसकेकाले ‘छक्का पञ्जा’बाट दर्शकले निकै आशा गरेका छन् ।

 

यो चलचित्रमा निर्देशक दीपाश्रीले देशको अवस्थाबाट आजित भएर वैदेशिक रोजगारीमा जाने युवाहरूको कथालाई मार्मिक ढंगबाट प्रस्तुत गरेकी छिन् । हास्यकलाकारहरू नै नायक भएपछि हास्यदृश्य त हुने नै भए । त्यसबाहेक चलचित्र ‘छक्का पञ्जा’का गीत पनि लोकप्रिय भैसकेका छन् । चलचित्र ‘छक्का पञ्जा’मा पुरुषोत्तम प्रधानको छायांकन तथा विपिन मल्लको सम्पादन छ ।  

 

निर्देशक : दीपाश्री निरौला

संगीत : राजनराज शिवाकोटी/

दीपक शर्मा

कलाकार :  दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, नम्रता सापकोटा आदि ।

 

चलचित्र ‘छक्का पञ्जा’ को अफिसियल ट्रेलर

प्रकाशित :भाद्र २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्