साप्ताहिक संवाददाता
भाद्र २४, २०७३
भोलि शनिबार आर्मी अफिसर्स क्लबमा साँझ ६ बजेदेखि ‘द ओरियन फेसन सो–२०१६’ को आयोजना हुँदैछ, जसमा नेपालका चर्चित कलाकार तथा मोडलहरूले पुतलीसडकस्थित द ओरियन बुटिकका पहिरनमा क्याटवाक गर्नेछन् ।
यो फेसन शोमा करिश्मा मानन्धर, श्वेता खड्का, अशिष्मा नकर्मी, सम्पदा बानियाँ, वर्षा राउत, नीता ढुंगाना आदि सहभागी हुने बताइएको छ । अश्विनी झाको कोरियोग्राफीमा उक्त शोमा सेलिब्रेटीहरू बाहेक १६ जना मोडलले पहिरन प्रस्तुत गर्नेछन् ।
शोबाट संकलन भएको रकम डाउन सिन्ड्रम सोसाइटी अफ नेपाल, बर्न भ्वाइलेन्स सर्भाइभर अफ नेपाल तथा बेबी लाइफ होमलाई प्रदान गर्ने फेसन डिजाइनर नीलम शाही ठकुरीले जनाएकी छिन् ।