साप्ताहिक संवाददाता
सिंगापुरस्थित होटल भिलेज चाङ्गीमा पहिलो ‘मिस मर्मेड सिंगापुर २०१६’ सम्पन्न भएको छ ।
समुन्द्री जीवनको संरक्षण र प्रवद्र्धनमा लक्षित उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा १२ जना सिंगापुरेन युवतीहरूको सहभागिता रहेको थिए । जलपरी अर्थात् मर्मेडको आवरणमा प्रस्तुत भएका सहभागि सुन्दरीहरु वीच भएको प्रतियोगिता क्याजुयल वेयर पहिरन, प्रश्न उत्तर राउण्ड, बिकिनी वेयर तथा ककटेल वेयरको प्रस्तुति संगै विजेताको घोषणा गरिएको थियो ।
नेपालस्थित ई प्लानेटको शाखा कार्यालय ई प्लानेट सिंगापुरले आयोजना गरेको सो प्रतियोगितामा अड्री चेन विजेता बनिन् । अड्रीले प्रतियोगितामा वेष्ट ट्यालेन्ट, मिस पपुलारिटी र टप इन्फ्लेन्सर अवार्डमा पनि आफूलाई अब्बल देखाइन् । प्रतियोगिताको फस्ट रनर अपमा एन सी जिन र सेकेन्ड रनर अपमा एस्थर एङ विजेता चयन भएकी थिएन् । उनीहरु क्रमश: द फेस अफ मर्मेड २०१६ एम्बेसडर तथा एम्बेसडर अफ द इयर २०१६ का रुपमा पनि चयन भएकी थिइन् । मिस मर्मेड सिंगापुर २०१६ सिंगापुर बुक अफ रेकर्डस् समेत दर्ता भएको छ । उक्त प्रतियोगिताको कोरियोग्राफि रोजिन शाक्यले र सहभागिहरूको फोटोसुट साप्ताहिकका फोटो पत्रकार महेश प्रधानले गरेका थिए ।