साप्ताहिक संवाददाता
भाद्र २६, २०७३
नेपथ्यले आगामी दसौं एल्बमको नयाँ गीत ‘हो रामा रामा’ युट्युव मार्फत् सार्वजनिक गरिएको छ ।
विगत दुई वर्षदेखि नेपथ्यले लाइभ कन्सर्टहरूमा यो गीतलाई प्रस्तुत गर्दै आएको थियो ।
सन् २०१४ मा दक्षिण कोरियाको राजधानी सियोलमा पहिलोपटक गाइएको यो गीतको भिडियोलाई सियोलमै कन्सर्ट गर्न लागेको बेला युट्युवमार्फत् सार्वजनिक गरेको हो । २०१६ को सेप्टेम्बर १५ तारिखका दिन नेपथ्यले सियोलमा कन्सर्ट गर्न लागिरहेको छ ।
नेपथ्यले आफ्नो दसौं एल्बमको रेकर्डिङ भर्खरै सम्पन्न गरेको छ र यो चाँडै सार्वजनिक हुने तरखरमा रहेको छ । यसपटक भने हरेक गीतलाई पालैपालो सार्वजनिक गर्दै लैजाने र अन्तिममा संग्रहणीय हिसाबले सिंगो एल्बम श्रोतासामू ल्याउने रणनीति ब्याण्डले बनाएको छ ।
हो रामा रामाको म्युजिक भिडियो