साप्ताहिक संवाददाता
भाद्र २९, २०७३
अन्तराष्ट्रिय ब्राण्डको रुपमा रहेको जक्कीले नेपालमा पनि आफ्नो उत्पादनहरूको आधिकारीक कारोवार थालेको छ ।
विश्वका १ हजार ४ सय शहरमा ४४ हजार रिटेल संचालनमा ल्याइसकेको जक्कीले नेपालमा कम्फर्ट नेपाल ट्रेडर्स टेकु मार्फत् आफ्नो आउटलेट संचालनमा ल्याएको हो ।
महिला र पुरुषले लगाउने भित्रि पोशाक देखि स्पोर्टस् र बालबालिकालाई हुने सामग्रीहरू उपलब्ध रहेको आउटलेटले जनाएको छ । कम्फर्टका अनुसार अहिले नेपालमा महिला, पुरुष र बालबालिकाहरुलाई इनर बटम्स, इनर टप्स, आउटरवेयर बटम्स, आउटरवेयर टप्स, ब्रिफ्स, बक्र्सस, ब्रा, पेन्टिहरू उपलब्ध रहेको छ ।