साप्ताहिक संवाददाता
उमा सुवेदीको दोस्रो औपन्यासिक कृति ‘इति’ पूर्वी नेपालको दामाटार गाउँको कथा हो । छिमेकी मुलुकबाट आएका हात्तीले गाउँमा मच्चाउने आतंक र सुपारी तस्करीका कारण प्रशासनको तारो भएका गाउँलेहरूले पाउने सास्ती नै यो उपन्यासको मुख्य विषय हो । हात्तीको समस्याबाट मुक्ति प्राप्त गर्न गाउँलेहरूले अपनाएका विधि तथा सुपारी तस्करी निमिट्यान्न पार्न सरकारले गरेको प्रयासका बीच हुने राजनीतिको सुन्दर चित्र उपन्यासमा उतारिएको छ । दामाटारका माध्यमबाट उमाले सिंगो देशको कथा भनेकी छिन् ।
खेती–पातीबाट बिस्तारै पलायन हुन थालेका गाउँहरू एवं सामाजिक चेतनामा आउन थालेको परिवर्तनसँगै छिटो पैसा कमाउने उपाय अपनाउँदै जाँदा मावनीय भावनामा आएको ह्रास तथा त्यही कारणले गाउँ नै विस्थापित हुनुपर्ने यथार्थ यो उपन्यासमा चित्रण गरिएको छ । अक्षर क्रिएसनले प्रकाशनमा ल्याएको यो उपन्यासको मूल्य ३ सय रुपैयाँ छ ।