साप्ताहिक संवाददाता
निर्माता छविराज ओझाको निर्माण संस्थाबाट नायिका रेखा थापाको नायकका रूपमा उदाएका किशोर खतिवडाले एकपछि अर्को चलचित्र पाइरहेका छन् । आज शुक्रबार सार्वजनिक हुने चलचित्र ‘ड्राइभर दाइ’ को शीर्ष भूमिकामा किशोर नै छन् । गाडी चालकको पेसामा रहेका एक युवक अन्याय र अत्याचारको विरुद्ध लाग्ने कथा यो चलचित्रमा छ ।
कुनै समयका नायक दिनेश शर्मा पछिल्लो समयमा खलनायकको भूमिकामा देखापरिरहेका छन् । यो चलचित्रमा पनि उनी नै खलनायक छन् । चलचित्रमा अर्का नायक प्रज्ज्वल गिरी पनि छन् । नायिका सीमा केसीसँग प्रेममा परेका गिरीको प्रेम सफल बनाउन ड्राइभर दाइ किशोरले गर्ने सहयोग गर्छन् ।
एक्सन चलचित्र ‘ड्राइभर दाइ’का निर्माता राजेन्द्र गौतम र ज्ञानु महर्जन हुन् । चलचित्र ड्राइभरमा दाइमा श्री श्रेष्ठको द्वन्द्व, सुमन तण्डुकारको छायांकन, बब्बु थापा र निशा शाहको नृत्य एवं सौकिन तिमिल्सिना र मधुकर बलामीको सम्पादन छ ।
निर्देशक : बीएस बलामी
संगीत : टंक बुढाथोकी र राज सागर ।
कलाकार : किशोर खतिवडा, सीमा केसी, दिनेश शर्मा, प्रज्ज्वल गिरी आदि ।
चलचित्र ‘ड्राइभर दाइ’ को अफिसियल ट्रेलर