साप्ताहिक संवाददाता
अनु शाह, मोडल
अहिले कसैसँग प्रेममा हुनुहुन्छ ?
छैन ।
कति समय भयो प्रेममा नपर्नुभएको ?
धेरै भयो ।
ब्रेकअप कति पटक भयो ?
एक पटक ।
प्रेम कतिपटक सम्म हुन सक्छ ?
मेरा लागि त एकपटक मात्र भयो ।
तपाईं कस्ती प्रेमीका ?
म धेरै केयर गर्ने मायालु प्रेमिका थिएँ । सम्भवत: त्यसैले पनि कुरा बिग्रिएको होला ।
पहिलो प्रेम कुन उमेरमा भयो ?
२२ वर्षकी थिएँ ।
प्रेम के–का लागि गरिन्छ ?
प्रेम कहाँ गरिन्छ र ? त्यो त आफैं हुन्छ ।
तपाईं कस्तो विवाह गर्न चाहनुहुन्छ, प्रेम कि मागी ?
प्रेम विवाह, किनभने जीवन बिताउन चाहेको मानिसका बारेमा जान्नु जरुरी हुन्छ ।
पहिलो पटक कसलाई आफ्नो सपनाको राजकुमार देख्नुभयो ?
सलमान खान, मेरो ब्वाइफ्रेन्ड, मेरो हसब्यान्ड सलमान खानजस्तो होस् भन्ने लाग्थ्यो । अहिले पनि त्यस्तै लाग्छ ।
दिनमा कति जति प्रेम प्रस्ताव आउँछन् ?
ठिकै, अनि खुसी पनि लाग्छ कि मलाई कति धेरै जनाले माया गर्नुहुँदो रहेछ भनेर ।
सबैभन्दा मन परेको प्रेम प्रस्ताव ?
आएका प्रस्तावमध्ये एक मात्र प्रस्ताव मलाई मन परेको थियो, जसलाई मैले मनैदेखि स्वीकार गरेकी थिएँ, तर अहिले म सिंगल ।