नयाँ फोन र गाडी मात्र होइन, दुनियाँमा आउने हरेक नयाँ चिजमा आँखा लाग्छ । जस्तो कि नयाँ जोई, नयाँ पोइ, नयाँ लत्ता, नयाँ जुत्ता, नयाँ घर, नयाँ सहर आदि । आखिर नयाँकै त जमाना छ । भनिन्छ नि, ‘ओल्ड इज गोल्ड, न्यू इज डाइमन्ड’ ।
दीपज्योति थापा, भिजे
आँखा लोभी, मन भोगी हुन्छ, नयाँ देखेसी ।
राजनराज शिवकोटी, संगीतकार
आँखाबाहेक अरू कुरा लाउन नमिल्ने भएर पो हो कि ?
अमरदीप सापकोटा, निर्देशक
पुरानोले दु:ख दिइरहने अनि नयाँले चाहिँ फिगरै चम्काएर आउने हुँदा आँखा त्यतैतर्फ तानिने रहेछ ।
आशान्त शर्मा, रंगकर्मी
मानिस परिवर्तनशील हुन्छन् । उनीहरूमा हरदम नयाँ कुराको चाहना हुन्छ । हरेक व्यक्ति अप टु डेट हुन चाहन्छन्, त्यसैले ।
गजित विष्ट, नायक
नयाँ बूढी त खोजे नि पाइन्न, क्यार्नु त गाडी र फोनमा आँखा नलगाएर ?
दीपेन्द्र खनियाँ, रेडियोकर्मी
अरुको आँखा किन जान्छ, थाहा भएन । मेरो चाहिँ कहिल्यै त्यसरी नयाँ फोन र नयाँ गाडीमा मन गएन । तैपनि मेरो मन ल्यान्डरोभरमा चाहिँ बसेको छ । ल्यान्डरोभर देखेपछि पक्कै मेरो आँखा जान्छ । कुनै दिन मेरो आफ्नै ल्यान्डरोभर हुनेछ ।
सोमिया बराइली, गायिका
पुरानो र थोत्रोमा त कसको आँखा जान्छ र ? आँखा जाने नै नयाँमा हो ।
रविनजंग थापा, नायक
मोबाइल तथा गाडीका आविष्कारकहरूले आफ्नो व्यवसायिक दृष्टिकोणले सुविधा थप्दै आकर्षक शैलीका मोबाइल तथा गाडी बजारमा ल्याएपछि परिवर्तनशील मानिसको मन त्यसतर्फ आकर्षित हुनु स्वभाविक हो ।
थानेश्वर गौतम, गायक/संगीतकार
आफूलाई सदा अपडेट राख्न र समाजमा स्टारडम कायम गर्न पनि नयाँ गाडी तथा नयाँ फोनमा आँखा गाढ्नैपर्छ ।
बादल प्रसाईं, गायक
के–के प्रश्न गर्नुहुन्छ हँ अंकल तपाईं पनि ? नयाँ न पर्यो, झलक्क बल्छ अनि जान्न त आँखा ?
विल्सनविक्रम राई, हास्यकलाकार
नयाँ भएर ।
प्रदीपकुमार उदय, निर्माता
नयाँ पाएसम्म कसले पुरानो हेर्छ त ?
सुरविना कार्की, नायिका
नयाँ घर, नयाँ गाडी, नयाँ फोन भएपछि गर्लफ्रेन्डहरू पनि नयाँ–नयाँ बनाउन पाइन्छ । त्यही भएर पो हो कि ?
दिनेश सिटौला, पत्रकार
मानिसको सोच र समय परिवर्तनशील छ र हरेक पल मानिसहरू जीवनमा केही नयाँ होस् भन्ने चाहना राख्छन् । कतिपय व्यक्तिचाहिँ म अरूभन्दा अगाडि छु भन्ने देखाउन पनि नयाँमा आँखा लगाइरहन्छन् ।
अर्जुन पोखरेल, संगीतकार