साप्ताहिक संवाददाता
जलवायु र जलस्रोत विषयमा उत्कृष्ट अनुसन्धान गरे वापत जापानमा अनुसन्धानरत एक नेपाली युवा पुरस्कृत भएका छन् । हालै एक समारोहबीच अर्घाखाँची सन्धिखर्कका नेपाली युवा डा. शक्ति पीसीले गरेको अनुसन्धान कृति उत्कृष्ट भई उनी सम्मानित भएका हुन् ।
उनले पहाडी क्षेत्रमा पर्ने ‘वर्षाको मापन र नयाँ विधि’ एक्स व्याण्ड पोलारिम्याट्रिक र्याडरको प्रयोग गरि कसरी वर्षाको सहि तरिकाले मापन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेका हुन् । मौसम तथा जलवायु विज्ञानसंग मा सम्वन्धित पीसीको यो अनुसन्धानले जापानमा विशेषगरी शहरी क्षेत्रमा हुने अत्यधिक वर्षा तथा बाढी आउने समयको जानकारी तथा पूर्वानुमानको काममा अध्ययन गर्ने गरेको छ ।
सोही अध्ययनवापत उनलाई जापानको फुकुसिमामा आयोजित एक भव्य कार्यक्रममा जापान सोसाईटि अफ हाईड्रोलोजी वाटर रिसोर्सेज संस्थाले ‘योङ अथर एक्सिलेन्ट आर्टिकल अवार्ड’ प्रदान गरेको हो । यो संस्थाले वर्षेनि जापानका सयौं विज्ञहरुलाई सोध अनुसन्धान गर्न लगाई वार्षिक सम्मेलन आयोजना गर्दै आएको छ ।