पोखरामा हालै सञ्चालनमा आएको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिल फराकिलो मात्र छैन, यहाँ जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमा महत्वपूर्ण खेलकुद प्रतिस्पर्धाका प्रत्यक्ष प्रसारण हेर्न पाइन्छ । बारभित्रै पुल टेबल, डार्ट गेम, चेसलगायतका खेलहरू खेल्नेसमेत व्यवस्था मिलाइएको छ । बारमा जन्मदिन, म्यारिज एनिभर्सरी, संस्थाका एनिभर्सरी, प्राइभेट पार्टी आदिका लागि विशेष व्यवस्थासमेत छ ।
यो बारमा फन्ट, बालकोनी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ तथा म्युजिक’ मा रमाउन पाइन्छ । बारमा हरेक दिन फरक/फरक ब्यान्डले लाइभ प्रस्तुति दिँदै आएका छन् । ग्राहकहरूको विशेष मनोरञ्जनका लागि हरेक तीन/तीन महिनामा ख्यातिप्राप्त ब्यान्डका चर्चित कलाकारहरूको प्रस्तुतिसमेत रहने बताइन्छ । ‘फुड, ड्रिङ र म्युजिक’ सहित खेलकुद तथा परिवारिक वातावरण चाहनेहरूलाई लक्षित गरी यो बार सञ्चालनमा ल्याएको सञ्चालक गोपीबहादुर भट्टराईले जानकारी दिए ।
नेपाली तथा विदेशी खेलप्रेमी ग्राहकहरूको चाहना पूरा गर्न स्पोर्ट्स बार एन्ड ग्रिल सञ्चालनमा ल्याइएको सञ्चालक भट्टराईको दाबी छ । पोखराकै पहिलो स्पोर्ट बार भएकाले यो बार अन्य बारभन्दा विशेष देखिन्छ ।