साप्ताहिक संवाददाता
मरिष्का पोखरेल, नायिका
अहिले कोही छ प्रेमी ?
छैन ।
किन नभएको ?
म आफ्नो काममै खुसी छु ।
आकर्षित त भइयो होला नि ?
पहिले थियो होला, अहिले छैन ।
विगतमा कति पटक आकर्षित भइयो ?
प्लस टुमा पढ्दा दुई पटक ।
कति समय भयो प्रेममा नपर्नुभएको ?
तीन वर्ष ।
ब्रेकअप कति पटक भयो ?
दुई पटक ।
ब्रेकअप हुँदा रुनुभयो ?
मैले नै ब्रेकअप दिएको, आफैं किन रुनु ?
प्रेम कति पटकसम्म हुन सक्छ ?
परिस्थितिअनुसार एकपटक वा धेरै पटक पनि ।
तपाईं कस्ती प्रेमीका ?
आफ्नो कुरामा कमिटेड ।
पहिलो प्रेम कुन उमेरमा ?
अठार वर्षकी थिएँ ।
कस्तो विवाह गर्न चाहनुहुन्छ, प्रेम कि मागी ?
प्रेमसँगै मागी (लभएरेञ्ज)
कस्ता युवकहरूप्रति आकर्षित भइन्छ ?
केयरिङ, हँसिलो र विशेष गरी मभन्दा अग्लो ।
टिनएजमा वरिपरिका कसलाई आफ्नो सपनाको राजकुमार देख्नुहुन्थ्यो ?
कसैलाई देखिनँ । कुनै केटा मेरो नजिक आउँदैनथे, म तेक्वान्दोमा ब्ल्याकबेल्ट हुँ ।