आश्विन ८, २०७३
राजा–महाराजा तथा धनाढ्यहरूको कल्पनामा रहने सुनको शौचालय सर्वसाधारणहरूका लागि समेत खुला भएको छ । न्युयोर्कको सोलोमोन आर गुगेनहिम संग्रहालयले सुनवाट बनेको शौचालय आफ्ना आगन्तुकहरूको प्रयोगका लागि खुला गरेको हो । उक्त शौचालय इटालिका कलाकार मौरिजियो काटेलानले तयार पारेका हुन् ।
अधिकांश कलाकारले निर्माण गरेको सिर्जनालाई हातले छुन दिने चलन छैन । यद्यपि गुगेनहिम म्युजियमले भने आगन्तुकहरूलाई त्यसको प्रयोग समेत गर्न दिने भएको छ । ५४ किलो सुन प्रयोग गरेर तयार पारिएको उक्त कमोटको मूल्य २६ करोड ६९ लाख रुपैयाँ पर्छ ।