साप्ताहिक संवाददाता
आश्विन ८, २०७३
तिमी त भन्छौ मात्रा,
बाडुल्की लाग्दा बल्झिने
ठट्यौली त्यो तिम्रो प्रेम
आकाश मुनि धर्ती भित्र
बिस्तारै छुन खोज्छु
हाँस्दै जब स्पर्श गर्छु,
जितको उत्सव मनाउदै
प्रतिबिम्बसंगै मुस्कुराउने
एेना झै एउटा ज़िन्दगी
भ्रमको आशामा झुण्डिएर
बिजोर पंक्षी झैं
तिमी त भन्छौ मात्र
प्रेम त भित्तामा सजाई
राखेको क्यानभास मात्र हो ।
चराहरू झैं उड्दै गर्दा
सपनाहरु दुई किनार हुँदै गर्दा
कूतिम हाँसोको सहायताले
आँशुहरु बन्द कोठामा थुनिए
अचानक चस्स दुख्यो मुटु
अनि मैले सोधें
के तिमी काँडा हौ ?
अहँ, तिमी फूल हुँदै होईनौ
फूलको केस्रा हल्लाउदै
रंगहरूले पोतिएर
तिमी त भन्छौ मात्रा
प्रेम त एउटा काँडा मात्र हो ।