साप्ताहिक संवाददाता
भीमफेदी गाइजका युवाहरूलाई बधाई (बढ्दैछ भीमफेदी गाइजको क्रेज) । तपाईंहरूको सिर्जना, संगीत मलाई मनपर्छ ।
किशोर बिस्ट
सन्नीले फोटोग्राफिसँगै अभिनयमा पनि राम्रो क्षमता देखाउनेछन् भन्ने आशा छ (गसिप : सन्नीको उदय) ।
चित्र श्रेष्ठ
यो सुविधा कहिलेदेखि लागू हुने हो (इन्टरनेट सुविधामा छुटैछुट) ? यो पहिलेदेखि सुबिसु प्रयोग गरिरहेका ग्राहकहरूका लागि हो कि नयाँ ग्राहकहरूका लागि मात्र हो ? मैले सुबिसु जडान गर्दा १४ हजार ५ सय रुपैयाँ तिर्नुपर्यो । यो ९ हजार निश्चित शुल्क हो कि के हो ? कृपया विस्तारमा जानकारी चाहन्छु ।
भैरव ढुंगाना
यो समाचार पढेर अचम्म लाग्यो (पत्याउनुहुन्छ ? सबैभन्दा सानो घोडा) । यति सानो घोडा पनि हुन्छ ?
गीता तिमिल्सिना
मनोज गजुरेलको टिप्पणी सही हो । (गजुरियल : हुइँया निर्देशक, चुइयाँ निर्माता) नेपालको चलचित्र क्षेत्रमा यस्तै भैरहेको छ ।
प्रमिला श्रेष्ठ
युवा पुस्ता निश्चय नै अरूभन्दा फरक त हुने नै भयो (यौन शिक्षाप्रति सचेत युवा पुस्ता) । त्यसमा पनि प्रविधिको छाप अझ बढी छ ।
जुनु गुरुङ
साप्ताहिक एकदमै उत्कृष्ट र फरक सैलीको छ । त्यसैले त यो सबैको मन–मुटुमा बस्न सफल छ ।
राजकुमार गिरी
साप्ताहिकमा हरेक किसिमका खबर पाइन्छ, त्यसैले त म नछुटाई पढ्छु । साप्ताहिकलाई गाउँ–गाउँमा पनि पुर्याउन पहल गर्नुहोला । साप्ताहिक कतै–कतै धेरै खोज्दा पनि नपाइएको कुरा सुनेको छु । साप्ताहिक हरेक नेपालीबीच प्रिय पत्रिका बनोस्– शुभकामना ।
रोमियो पुस्कर
यो त अलि बढी नै भयो (पूजाको पहिरन) । अभिनेत्रीहरूले आफ्नो पहिरनको विशेष ख्याल राख्नुपर्छ ।
जीवन बोहरा