साप्ताहिक संवाददाता
आश्विन ११, २०७३
अघिल्लो पटक गायिका रेखा शाहसँग युगल गीत गाउन काठमाडौं आएका बलिउड गायक गौरव डोगाउँकर यसपटक नेपाली चलचित्रका लागि सुटुक्क काठमाडौं आएर मुम्बई फर्किए । अभिनेता तथा निर्माता विनय श्रेष्ठको निम्तोमा काठमाडौं आएका गौरवले यहाँ करिब तीन दिन बिताए ।
त्यस क्रममा उनले विनयले नै निर्माण गर्ने एउटा नयाँ चलचित्रका तीनवटा गीत रेकर्ड गराए भने एउटा गीतमा स्वरसहित संगीतसमेत दिए । थुपै्र नेपाली गीतलाई म्यासअप गरेर नेपाली श्रोताहरूको मन जितिसकेका गौरवले चलचित्रको पाश्र्व गायनबाट नेपालीहरूलाई कत्तिको प्रभावित तुल्याउने हुन्, समयले नै बताउनेछ ।