आश्विन ११, २०७३
मिस इटाली–२०१६ को फस्ट रनर्सअपमा मोटी मोडल चयन भएपछि सामाजिक सञ्जालमा विभिन्न तर्कवितर्क देखा परेको छ । २२ वर्षीया इन्जिनियरिङकी छात्रा पाओला टोरेन्टी मोटाइको दृष्टिले साइज १४ की थिइन् । हालै मिस इटालीको प्रतिस्पर्धामा उनले फस्ट रनर्सअपको उपाधि जितेपछि क्रोएसियाकी मोडल निना मोरिकले मोटीहरूलाई सुन्दरीको दर्जामा राख्न नहुने बताउँदै सोसल मिडियामा क्याम्पेन नै चलाइन फलस्वरूप उक्त प्रतियोगिता विवादमा आयो ।
५ फिट ९ इन्च अग्लि पाओलाको पुष्ट शरीरप्रति धेरै दर्शक सकारात्मक रहेका कारण उनले अनलाइनमार्फत् राम्रै मत प्राप्त गरेकी थिइन् । यता आयोजकहरूले दर्शकसँग नजिक भएका मोडललाई विजेता नबनाएर अरूलाई विजेता घोषित गर्न नमिल्ने दाबी गरेका छन् ।