साप्ताहिक संवाददाता
मिस हङकङ नेपाल–२०१६ को विजेता भएकी छिन्— भूमिका गुरुङ । स्याङ्जाकी भूमिका १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस हङकङको उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगितामा फस्र्ट रनर्सअप नेहा राई तथा सेकेन्ड रनर्सअप सुनिता लिम्बू छानिएका छन् ।
सन् १९९८ मा प्रारम्भ भएको मिस हङकङको यो सातौं संस्करण हो । कला सुब्बाको कोरियोग्राफीमा सम्पन्न ‘मिस हङकङ नेपाल’ इभेन्टलाई मिस नेपाल –२०११ मनिला जोशी तथा मोडल मनिष लिम्बूले सञ्चालन गरेका थिए । प्रमुख निर्णायक पूर्वमिस नेपाल उषा खड्गीले ४५ दिनको तपाईंहरूको वर्कसपमा आफ्ना साथीहरूबाट के कुरा सिक्नुभयो भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै भूमिकाले मिस हङकङको उपाधि जितेकी हुन् ।
मिस हङकङ नेपाल सोसाइटीको आयोजनामा सम्पन्न यो प्रतियोगिताका सम्बन्धमा सोसाइटीका अध्यक्ष लोकराज लिम्बू भन्छन्– ‘हामीले अपेक्षा गरेभन्दा बढी सहभागीता पाएका छौं, यसलाई निरन्तरता दिंदै जानेछौं ।’