आश्विन १२, २०७३
नेवा: अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा छैटौं इन्द्र जात्रा (येन्या पुन्ही) गत असोज १ गते शनिबार भव्यताका साथ सम्पन्न भएको छ । सन् २००१ मा डिसी महानगर क्षेत्रमा स्थापना भएको उक्त संस्थाले भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवद्र्धन तथा सम्बद्र्धन गर्ने उद्देश्य लिएको छ ।
मेरिल्यान्ड राज्यको ब्ल्याक हिल्स क्षेत्रीय उद्यानमा सम्पन्न उक्त कार्यक्रममा नेवा: समुदायको परम्परागत भोज समयबजीद्वारा अतिथिहरूको स्वागत गरिएको थियो । कार्यक्रममा प्रत्यक्ष नृत्य, अष्टमातृका, गणेश, भैरव, कुमारीको नृत्य, पुलुकिसी तथा लाखे नृत्यहरू प्रस्तुत गरिएका थिए ।
काठमाडौँ उपत्यकाको झझल्को आउने गरी मनाइएको इन्द्रजात्रामा नेपाली समुदायको बाक्लो उपस्थिति थियो । उक्त अवसरमा नेवा: समुदायका पुरोहित बासव राजोपाध्यायले हरेक नृत्यको व्याख्या प्रस्तुत गरेका थिए ।