साप्ताहिक संवाददाता
सौन्दर्य प्रसाधन उत्पादक कम्पनी रत्नसागर हर्बलको जोय ब्रान्डले अघिल्लो बिहीबार काठमाडौंमा एउटा मनोरञ्जक कार्यक्रम आयोजित गर्दै भाग्यशाली सात जना विजेतालाई होन्डा डियो स्कुटर वितरण गरेको छ ।
हयात होटलमा सम्पन्न एउटा रमाइलो कार्यक्रममा ललितपुरकी रोशनी महर्जन, झापाकी रोशनी बेसारा सतार, बाँकेकी सरस्वती कार्की, सिराहाकी जागृति विष्ट, कञ्चनपुरकी हेमा जोशी, चितवनकी सरिता गुरुङ तथा तनहुँकी सुनिता गुरुङले स्कुटर प्राप्त गर्ने भाग्यमानी हुन् ।
विभिन्न कलाकारले नृत्य प्रदर्शन गरेको उक्त कार्यक्रममा प्रत्येक स्कुटर विजेतालाई एक–एक जना मोडलले स्कुटरमै राखेर स्टेजसम्म ल्याएका थिए । विभिन्न क्षेत्रका सेलिब्रेटीहरूले विजेतालाई स्कुटरको साँचो हस्तान्तरण गरे ।
कम्पनीका नेपाल प्रमुख अरुण मित्राले आफ्ना उपभोक्ताहरूका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने बताए । समारोहमा व्यंग्यकार राजा राजेन्द्र पोखरेलले विभिन्न हास्यव्यंग्यात्मक प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरेका थिए ।