साप्ताहिक संवाददाता
तीनजना साथीको मित्रतामा बलिउडमा अनेकौं चलचित्र बनिसकेका छन् । नेपालमा यही विषयमा केही चलचित्र नबनेका होइनन् । अमेरिकामा छायांकन गरिएको चलचित्र ‘सफर’ पनि तीन जना साथीको मित्रतामा आधारित छ ।
ट्रेलर रिलिजपछि दर्शकहरूबाट बलिउडका चलचित्र ‘जिन्दगी ना मिलेगी दोबारा’ र ‘दिल चाहता है’ सँग मिल्दोजुल्दो भन्ने प्रतिक्रिया आए पनि चलचित्र ‘सफर’ विदेशको उच्चस्तरीय जीवनभन्दा स्वदेशको सामान्य जीवन नै प्यारो हुन्छ भन्ने एउटा पक्ष र खराब राजनीतिका कारण ओरालोतर्फ ढल्कँदै गएको नेपालको अवस्थामा स्वदेश फर्कनुभन्दा विदेशमै बस्नु उचित भन्ने अर्को पक्षबीचको बहसमा केन्द्रित छ ।
चलचित्रका निर्देशक आशिष श्रेष्ठ आफैंले सम्पादन गरेको चलचित्र ‘सफर’लाई अमेरिकी छायाँकार एन्ड्रयु ब्रेडको डिओपीमा जाकोब बेरार्डीले खिचेका हुन् ।
निर्देशक : आशिष श्रेष्ठ
संगीत : सत्य–स्वरुप, धर्मेन्द्र सेवान, उज्ज्वल मेघी गुरुङ
कलाकार : मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोखरेल, नुरजा श्रेष्ठ आदि ।
चलचित्र ‘सफर’ को अफिसियल ट्रेलर