साप्ताहिक संवाददाता
आश्विन १५, २०७३
चलचित्र क्षेत्रमा ब्रेकअप तथा प्याचअप कुनै नौलो कुरा होइन । लोकप्रिय अभिनेता–अभिनेत्रीहरूबीच कुन बेला माया–पिरती बस्छ अनि कुन बेला उनीहरू छुट्टिन्छन्, कसैले अनुमान लगाउन सक्दैनन् । प्रसंग हो पूर्वमिस नेपाल मलिना जोशी तथा अभिनेता अनुपविक्रम शाहीको । केही वर्षअघि उनीहरूको अफेयरका थुप्रै गसिप बने ।
पछि उनीहरूको ब्रेकअप भएको समाचार पनि सार्वजनिक भयो । अहिले आएर उनीहरू पुन: एकअर्काप्रति आकर्षित भएको अनुमान गर्न थालिएको छ । त्यसको पछिल्लो उदाहरण हो चलचित्र ‘रानी’ को घोषणा, जहाँ निर्देशक दयाराम दाहालले अनुप र मलिनालाई नै रोमान्स गराउने निर्णय गरेका छन् ।
वास्तविक जीवनमा नजिक नआई रिलमा नजिक ल्याउन गाह्रो हुने कुरा बुझेका निर्देशक दाहालले उनीहरूको अनस्क्रिन रोमान्सलाई कसरी कैद गर्ने हुन्, प्रतीक्षाकै विषय हुनेछ ।