साप्ताहिक संवाददाता
अस्वस्थ भएर घरमै आराम गरिरहेका बेला सामाजिक सञ्जालमा आफ्नो उपचार सरकारले गरी दिनुपर्ने आशयका सामग्री सार्वजनिक हुन थालेपछि माग्नेबुढा अर्थात् कलाकार केदार घिमिरे मुख खोल्न बाध्य भएका छन् ।
हाल प्रदर्शन भैरहेको चलचित्र ‘छक्का पञ्जा’ का अभिनेता केदारले आफ्नो स्वास्थमा क्रमिक सुधार आइरहेकाले आफू अहिलेसम्म आफ्नो उपचार आफैं गर्न सक्ने अवस्थामै रहेको बताएका हुन् । स्वास्थलाभपछि हालै ‘म त मन्त्रीको सालो’ गीतको म्युजिक भिडियोमा अभिनय गरेका केदारले आफू अहिले पूर्ण रूपमा ठीक भैनसके पनि लगभग ठीक भैसकेको बताएका छन् ।
‘मेरो उपचारका लागि सरकारी प्रस्ताव पनि नआएको होइन, केदारले भनेका छन्—‘तर म अहिले उपचार नै गराउन नसक्ने अवस्थामा पुगिसकेको छैन ।’ केदारले आफ्नो स्वास्थका सम्बन्धमा चासो राख्ने सम्पूर्ण प्रशंसकहरूप्रति आभारसमेत व्यक्त गरेका छन् ।