साप्ताहिक संवाददाता
उपहारमा हिराको महँगो औंठीको आशा गरेकी छु नि, बरु दिने पो कसले हो ?
स्मिता थापा, मोडल
यदि कसैले मलाई उपहार दिने सोच बनाएको छ भने क्यामेरा वा त्यससँग सम्बन्धित सामग्रीकै चाहना राख्छु । कोही छ दिने ?
श्रीधर पौडेल, फोटोग्राफर
दसैं भन्नेबित्तिकै मासुको स्वाद मुखमा आउँछ । त्यसैले खसी उपहार पाए हुन्थ्यो भन्ने चाहना छ ।
कैलाश अर्याल, सेफ
बिनाभेदभावको एउटा सिंगो नेपाल ।
अराज केशव गिरी, गायक
आशीर्वाद होला नि, होइन र ?
डिजे तामा
चाहिएको त धेरै कुरा छ, अब के पर्ने हो ?
अनुप सक्सेना, कोरियोग्राफर
आमाको हातको टीका नै मेरा लागि सबैभन्दा ठूलो उपहार हो ।
सुवास थापा, निर्माता
सुख, शान्ति एवं समृद्धिका साथै आपसी सद्भाव कायम रहोस् भन्ने उपहारको चाहना छ ।
नन्दा अधिकारी, सौन्दर्यकर्मी
उपहार नै हो भने त जे आए पनि म त खुसी ।
विक्कु थापा, चित्रकलाकार
परिवारका सदस्य एवं साथीभाइहरूका लागि शान्ति तथा सुस्वास्थ्य ।
सीता पाठक, सौन्दर्य व्यवसायी
जति ठूली भए पनि मलाई त दसैंमा नयाँ लुगाकै चाहना हुन्छ, जुन मेरी मामुले किनिदिनुहुन्छ ।
सुगरिका केसी, मिस नेपाल–२००५
सबै नेपालीको मुहारमा खुसी ।
भोलाराज सापकोटा, कलाकार
इन्द्रचोकमा महादेवको डेढ हाते अग्लो मूर्ति देखेको थिएँ । कसैले त्यही उपहार दिए म कृतज्ञ हुने थिएँ ।
विजय अधिकारी,लेखक
बडाजनको आशीर्वाद ।
सम्पदा बानियाँ, मोडल
मेरो नयाँ गीत श्रोताहरूले सुनेर मन पराइदिए त्यही नै मेरा लागि उपहार हुनेछ ।
सुदन डोटेल, गीतकार
वस्तुभन्दा पनि भावनात्मक उपहारको अपेक्षा छ ।
तेञ्जिङ शेर्पा, इभेन्ट आयोजक
उपहार जस्तोसुकै भए पनि मेरा लागि महत्वपूर्ण हुने गरेको छ ।
विशाल भण्डारी, निर्देशक
दसैं राम्रोसँग बिताउन पाउँm, त्यही नै हुनेछ मेरो उपहार ।
हिमाल केसी, द्वन्द्व निर्देशक
पाए त कार नै गज्जब हुन्थ्यो नि ।
अयुब केसी, नायक
बुवाआमासहित मान्यजनको आशीर्वाद ।
मिलन चाम्स, निर्देशक
सस्तो बजार भाउ, गुणस्तरिय खाद्यान्न, सुरक्षित यात्रा एवं शान्ति सरकारले उपहार दिओस् भन्ने चाहना राख्छु ।
सन्तोष खनाल,व्यंग्यकार
सबै कुरा त छ, एउटा कार उपहारमा परे त...।
प्राश्ना शाक्य, गायिका
मति बिग्रिएका नेताहरूको मति सुध्रियोस् ।
हरि कर्माचार्य, ग्लुमी गाइज
मलाई सधैंभरि प्रशंसकहरूले माया गरिरहुन् ।
कमल खत्री, गायक
खोइ के भन्नु, कस्तो अप्ठेरो ?
कविराज गहतराज, नृत्य निर्देशक
पाए खसी, नपाए फर्सी ।
वर्षा राउत, नायिका