साप्ताहिक संवाददाता
नेपाल्स नेक्स्ट सुपर मोडल २०१६ मोडलिङ प्रतियोगिताको उपाधि करिष्मा केसीले हात पारेकी छिन् ।
३१ जना युवतीहरु विच आयोजना भएको उक्ते प्रतियोगितामा सहभागिहरूको मोडल एट्टीच्युड, व्यक्तित्व, सुन्दरता, आत्मविश्वास, क्याटवाक, स्टाइल, ग्ल्यामरस छवि लगायतका कुरामा केन्द्रित भएर मुल्यांकन गरिएको थियो ।
प्रतियोगितामा लुना शर्मा फस्ट रनर अप तथा सीमा श्रेष्ठ स्कीन अवार्ड सहित सेकेन्ड रनर अप घोषित भइन् ।
प्रतियोगितामा छिजु लामा भिअर च्वाइस, सुजिता फुयाल वाक र स्टाइलिस, प्रज्ञा तिवारी कन्फिडेन्ट र अर्गनाइजर च्वाइस, रिजा बासुकला फोटोजेनिक, शिक्षा गुरुङ मल्टिमिडिया अवार्डमा विजेता चयन भएका थिए । यसैगरी सबनम गुरुङ पपुलर, सोनाम योन्जोम वेष्ट फिगर, लसता रंजीतकार पर्सनालिटी, प्रियंका थापा डिसिप्लीन, मानश्वी खरेल स्माइल तथा विद्या बस्नेत वेष्ट हेयर उपाधिका हकदार बने ।
आर एण्ड आर ग्रुपको आयोजना र रोजिन शाक्यको कोरियोग्राफी रहेको सो प्रतियोगितामा नमूना कलेज अफ फेसन टेक्नोलजीका विद्यार्थी डिजाइनरहरूले तयार पारेका पहिरनमा सहभागिहरुले आफ्नो प्रस्तुति दिएका थिए ।