साप्ताहिक संवाददाता
आश्विन १६, २०७३
पहिलो मिस विश्वकर्माको ताज सोलुखुम्बुकी चेतकुमारी विश्वकर्माले पहिरिन सफल भएकी छिन् ।
१३ जना सहभागि रहेको उक्त प्रतियोगितामा भावना लाम्गादे फस्ट रनर अप तथा सुजान शाह शंकर सेकेन्ड रनर अप विजेता चयन भएका थिए । परिवर्तनका लागि हाम्रो आवाज भन्ने मूल नारा सहित क्रियटिभ इनसाइट मिडिया प्रा.लि.ले मिस विश्वकर्मा आयोजना गरेको हो ।
प्रतियोगितामा वेष्ट वाक मोनिका विश्कर्मा, वेष्ट ड्रेस रिता घतान, मिस पपलुर सर्मिला सुनार, भ्युअर च्वाइस उमा विश्वकर्मा, मिस टयालेन्ट स्वीकृति विश्वकर्मा, मिस फ्रेन्डसीप दीपकिरण लामगादे, वेष्ट स्पिच विनिता विश्वकर्मा, वेष्ट स्माइल रेश्मा विश्कर्मा, मिस पर्सनालिटी विपना रिजाल र मिस पक्चुअलिटिमा दीपा सुनार उत्कृष्ट चयन भएका थिए ।