साप्ताहिक संवाददाता
आर्मी अफिसर्स क्लबमा करिब मध्य रातमा बलिउड अभिनेत्री उर्वशी रतेला आफ्नो सुन्दरता र स्टाइलिस छविमा मादकता पूर्ण मुस्कान सहित र्याम्पमा देखा परेपछि उपस्थित दर्शकदीर्घामा फरक उत्साह देख्न पाइयो । मोडल क्वेस्ट इन्टरनेसनल नेपाल २०१६ को शो स्टपरका रुपमा देखिएकी उनले प्रतियोगिताका सहभागि पुरुष एवं महिला प्रतिस्पर्धीहरु सित पालैपालो रनवेमा साझेदारी गरेकी थिइन् । सोही कार्यक्रममा देखिएका बिग बोस फेम एवं गायक अली कुलि मिर्जाले पनि आफ्नो उपस्थिति र गायनले दर्शकदिर्घा तताएका थिए ।
युहान इन्टरनेसनल इभेन्ट्सले आयोजना गरेको उक्त प्रतियोगितामा सचिन शाक्य र प्रिया लिम्बु विजेता चयन भएका थिए । सचिनले भिअर च्वाइस र प्रियाले फोटोजेनिक विधाको अवार्ड पनि जितेका थिए । प्रतियोगिताको फस्ट रनर अपमा अनुज मास्के र रेजल रोक्का उत्कृष्ट भए । अनुज पर्सनालिटी र स्टाइलिस तथा रेजल भिअर च्वाइस र स्टालिस विधातर्फ पनि विजयी भएका थिए ।
सेकेन्ड रनर अप तर्फ भने इशान विजु श्रेष्ठ र सिम्रन पराजुली अब्बल ठहिरएका थिए । दुवैजना मल्टिमिडिया अवार्ड पनि हकदार बने । डिजाइनरद्वय अनिता श्रेष्ठ र मिरा महर्जनको पहिरनमा सजिएका प्रतिस्पर्धीहरु मध्ये सुरेश खड्का र आरती खड्का कन्जिनियालिटी, निमेश आचार्य र इस्थर श्रेष्ठ वेष्ट वाक, मनिश रानाभाट र अन्जु भण्डारी कमर्सियल फेस, दिपेश धिमाल र सुप्रिया श्रेष्ठ म्यानेज्मेन्ट च्वाइस अवार्डका विजेता चयन भएका थिए । सन्तोष श्रेष्ठले पब्लिक च्वाइस अवार्ड प्राप्त गरे भने सक्षम शाक्य फोटोजेनिक अवार्डमा विजयी बने ।