साप्ताहिक संवाददाता
आश्विन १७, २०७३
‘सिम्पल सिम्पल कान्छीको’ गीतका गीतकार शंकर अधिकारी ‘घायल’ म्युजिक भिडियोका निर्देशक समेत हुन् । घायलले पाँच दर्जन वढी त म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनै घायलको निर्देशनमा हालै आँखामा नसा चढेपछि गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमान्टिक प्रेम–भाकामा रहेको यो गीतलाई नित्या शिवा र पुस्कर सुनुवारले गाएका छन् भने गीतको रचना टिवी अधिकारीले गरेका हुन् । यो गीतमा संगीत विनोद गुरुङले भरेका छन् । हर्षित र युनिकाले अभिनय गरेको यो गीतको म्युजिक भिडियोको कोरियोग्राफी प्रदिप ज्ञवालीले गरेका छन् ।
आँखामा नसा चढेपछिको म्युजिक भिडियो