साप्ताहिक संवाददाता
विभिन्न शिर्षक र प्रकृतिका सौन्दर्य प्रतियोगिताहरूका माझ अर्को प्रतियोगिता थपिएको छ । शीर्षक हो ‘एण्ड द विनर इज’ ।
म्याजिक मसरुम मिडिया प्रा.लि.ले आयोजना गरेको यो प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा सम्पन्न भएको छ । प्रतियोगितामा १० युवती र ७ युवाको सहभागिता रहेको थियो । प्रतिस्पर्धामा अनुप गिरी र संसिता श्रेष्ठ विजेता चयन भएका थिए । अनुप र संसिताले दुवैजना वेष्ट र्याम्प वाक उपाधिमा पनि उत्कृष्ट ठहरिए । अनुपले फोटोजेनिक र भिअर च्वाइस विधाको अवार्ड पनि हात पार्न सफल भए ।
यसैगरी प्रतियोगिताको फस्ट रनर अपमा आनन्द शाह र अम्बिका जोशी राणा विजयी भएका थिए । अम्बिका वेष्ट पर्सनालिटी अवार्डमा पनि विजयी बनिन् भने आनन्द फिजिक्स अवार्डमा अब्बल ठहरिए । सेकेन्ड रनर अप विधामा भने तेजस बास्तोला र रुस्बी प्रसाई विजेता भए । तेजस पपुलर विधामा पनि विजेता भए भने रुस्बी फिगर विधाकी विजेता बनिन् ।