साप्ताहिक संवाददाता
आश्विन १७, २०७३
मिसेस नेपाल इन्टरनेसल–२०१६ को उपाधि अनुपमा राईले जितेकी छिन् । रिबन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा राईले ३९ जना प्रतिस्पर्धीलाई पछि पार्दै बेस्ट पर्सनालिटीको उपाधिसमेत हात पारिन् ।
विवाहित महिलाहरूबीचको यो प्रतियोगितामा बिन्दा खतिवडाले फस्ट रनर्सअप तथा सोसियल वेलफेयर एम्बेसडर, ज्योति थापाले फेसन आइकनसहित सकेन्ड रनर्सअप, समुन्द्र लामाले म्यानेज्मेन्ट च्वाइसका साथमा थर्ड रनर्सअप तथा चुना केसीले आइकननिक आइजसहित भ्युअर्स च्वाइस एवं फोर्थ रनर्सअपको उपाधि आ–आफ्नो पक्षमा पारेका थिए ।
यो प्रतियोगितालाई लिएर केही सहभागीले अनियमितता एवं धाँधलीको आरोप समेत लगाए ।