आश्विन १७, २०७३
मिस विश्वकर्मा पूर्वाञ्चल–२०७३ का सहभागीहरूका लागि दमकमा बन्द प्रशिक्षण सञ्चालन भैरहेको छ । उक्त बन्द प्रशिक्षणमा पूर्वाञ्चल क्षेत्रका २६ जना युवती सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक छनौट भदौ १० गते दमक तथा २० गते धरानमा भएको थियो ।
मिस विश्वकर्माको ग्रान्ड फिनाले आज असोज १४ गते शुक्रबार दमकमा हुनेछ । यो प्रतियोगिता जातीय छुवाछूत हटाउन सामाजिक जागरणका रूपमा सञ्चालन गर्न लागिएको विश्वकर्मा युवा संस्थाका संरक्षक फौद गहतराजले बताए ।