साप्ताहिक संवाददाता
त्यसै पनि सञ्जय गुप्ता सेलिब्रेटी रेडियोकर्मी हुन् । रेडियो कान्तिपुरका यी पुराना रेडियो जक्की स्टेज कार्यक्रममा पनि उत्तिकै जम्छन् । सञ्जयले आफूलाई भिडियो जक्कीका रूपमा समेत स्थापित गरिसकेका छन् । यतिबेला उनी चलचित्रको नायकका रूपमा दर्शकमाझ आउने भएका छन् ।
यसै साता प्रदर्शन प्रारम्भ हुने चलचित्र ‘सफर’ मार्फत उनी अभिनेताका रूपमा पदार्पण गर्दैछन् । अमेरिकामा छुट्टी मनाउन पुगेका बेला उतै रहेका निर्देशक आशिष श्रेष्ठले सञ्जयलाई चलचित्रका नायक बनाएका हुन् । पहिलो चलचित्र प्रदर्शन नहुँदै निर्देशक मिलन चाम्सले बेलायतमा छायांकन हुने चलचित्र ‘ह्याप्पी डेज’ का लागि पनि सञ्जयलाई नै अनुबन्ध गरिसकेका छन् ।
ब्याक टु ब्याक विदेशमा छायांकन भएका चलचित्रमा काम गर्ने अवसर पाएका सञ्जय तेस्रो चलचित्रको छायांकनका क्रममा अष्ट्ेरलिया पुगे भने अचम्म नमाने हुन्छ ।