साप्ताहिक संवाददाता
सधैं जिन्स र टिसर्ट लगाएँ, यसपालि टेलरमेड सर्ट र पाइन्ट सिलाउने विचार गरेको छु ।
संयम महर्जन
आमालाई सारी, बुबालाई कमिज ।
दुर्गा आचार्य
मिल्ने भए खुसी किन्थें, मिल्दैन ।
छुच्ची अस्मि
बाइक चलाउँदा–चलाउँदा वाक्क भइयो, कार किनौं कि ?
दीपक
म त कार किन्ने सोचमा छु ।
अतीत
उत्कृष्ट फोटो खिच्न एउटा डिएसएलआर क्यामेरा किन्ने सोचमा छु ।
तरबिन बस्नेत
स्कुटर किन्ने सोचमा छु । यो मेरो रहर हो ।
सुमी
एउटा भेस्पा, कति ब्वाइफ्रेन्डको बाइकमा घुम्नु ? ब्वाइफ्रेन्डलाई स्कुटरमा राखेर घुमाउनुपर्यो नि ।
अप्पु रानी
हिन्दी व्याकरण कामकाजको भाषा हुँदैछ रे † सिक्नु परेन ?
भुवन
दुईवटा बैसाखी किन्ने । नि:शुल्क स्वास्थ्य शिविरका क्रममा मैले सप्तरीको एउटा गाउँमा एक जना हजुरबा बाँसको बैसाखी टेकेर हिंडेको देखें, त्यही बेला मैले उहाँको नम्बर मागेर ल्याएको छु । म उहाँलाई सहयोग गर्न चाहन्छु ।
बिनु राई
यो दसैंमा म आफ्ना भएजति दु:ख किन्न चाहन्छु । किनभने घरको सम्झना आउँदा बाँड्न सजिलो हुन्छ ।
कञ्चन
वाईफाई जोड्ने । यति भए दसैं–तिहार मज्जाले बित्छ ।
सन्दीप
सस्तो भयो भने सुनका गहना किन्न मन छ । त्यसपछि मंसिरमा विवाह गर्ने ।
अरुण भट्टराई
एउटा क्याजुअल कोट किन्नु छ ।
प्रतीक
‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेझैँ भो यो दसैं । अब अर्को सालसम्म बाँचिएछ भने परिवारसँग भव्य रूपमा दसैं मनाउने योजना छ ।
सोझो केटो
गाडीको टिकट पाए त दसैं रमाइलै हुने थियो । नपाए काठमाडौमै स्वच्छ हावा खाँदै बसिन्छ, आखिर दसैंमै त हो काठमाडौं राजधानीजस्तै देखिने ।
निश्छल कोइराला
मलाई किस्ता तिर्नै ठिक्क छ । किन्न त के–के मन थियो के–के ? पहिलो प्राथमिकतामा कुन कुरा किन्ने भन्ने हो । मलाई अर्को वर्षसम्म स्पेनमा बस्न मिल्ने भिसा किन्नु छ ।
सुरेश जोशी
किनमेल त गर्दै गरिएला, तर यसपालि आउने दसैं पेस्कीचाहिँ एउटा बाल आश्रमलाई दान दिने निर्णय गरेको छु ।
गोविन्दजंग भण्डारी
दसैंमा किन्नैपर्छ भन्ने मानसिकता त होइन, तर पनि जाडोका लागि हुने कपडा किन्ने सोच छ ।
मास्टरको ज्वाइँ
मिल्ने भए सुख–शान्ति किन्न हुन्थ्यो, मिल्दैन । के गर्नु खै ?
मेनुका मगर
आफू त विद्यार्थी मान्छे कमाइ–धमाइ केही छैन, बाले जे किन्दिन्छन् त्यसैमा चित्त बुझाउनुपर्छ ।
सरुन महर्जन
परिवारका सदस्यहरूका लागि कपडा किन्नु छ ।
जनक ढकाल
दसैंमा के किन्नु र ? अरू बेला पनि किनिएकै छ नि ।
नवीन शर्मा
यो दसैंमा एउटा राम्रो नेता किनौं कि भनेको कहाँ खोज्ने होला ? हाम्रो देशमा अभाव भनेको राम्रो नेताकै छ ।
कृष्ण केसी
एउटा घोर्ले खसी किन्ने विचार छ । कति सधै बोइलरको मासु खाइरहनु ?
राजकुमार गिरी
परदेशी मान्छेलाई के औंसी, के पूर्णिमा ? दसैंको दिन पारेर दरो पिइन्छ । चाडबाडको सम्झनाले मन रुन्छ नि हौ ।
सागरकुमार सिंजाली
थोरै भए पनि खुसी किन्ने रहर छ । कहाँ पाइन्छ होला ?
बिमल पौडेल