साप्ताहिक संवाददाता
आश्विन २०, २०७३
केही अघि ‘सोल्टिनी...’ शीर्षकको गीतबाट चर्चामा आएका गायक सुसन साम्सोहाङ लिम्बुले दसैं तथा तिहारको अवसर पारेर ‘दसैं तिहार रमाइलो...’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ओम प्रकाश राईको संगीतको यो आधुनिक शैलीको गीतमा लाहाङ सुब्बाको संगीत संयोजन छ ।
निर्देशक देव नेपालले यो गीतको भिडियोमा समेत दसैं तथा तिहारको मनमोहक वातावरणलाई चित्रण गरेका छन् । भिडियोमा गृष्मा आङबुहाङ लिम्बु, अनु कार्की तथा साथीहरुले अभिनय गरेका छन् । संगीत आङखेवा लिम्बुले नृत्य निर्देशन गरेको यो भिडियोका छायांकार अजय रेग्मी हुन् भने अर्जुन पोखरेलले यो भिडियो सम्पादन गरेका हुन् ।
यस्तो छ भिडियो :
1