साप्ताहिक संवाददाता
आश्विन २१, २०७३
शरणार्थीहरुको कथा समेटिएको छाप्रा नम्बर :५५ उपन्यास आउँदै छ । रमेश दियालीले नेपालदेखी अमेरिका पुग्दा सम्मका जिवनका भोगाईलाई उपन्यासमा उतारेका छन् । ‘जिवन त एउटा यात्रा रहेछ ।’ रमेशले भने ‘आफ्नो बालापन र हुर्किएको माटो सम्झेर उपन्यास रचना गरें ।’
पाठकलाई उपन्यासमा बाँधी राख्न उनले प्रयत्न गरेका छन् । यसमा उनले शरणार्थिको पारिवारिक कथा, प्रेमले भरिएको विषयबस्तुलाई स्थान दिएका छन् । अमेरिकामा रहेपनि नेपाली भाषा र साहित्यलाई माया गर्ने दियालीका बिभिन्न पत्रपत्रीकाहरुमा फुटकर लेख, रचनाहरु प्रकाशित छन् । छाप्रा नम्बर :५५ उनको पहिलो उपन्यास कृति हो । यो उपन्यास अडियोका माध्यमबाट पनि उपलब्ध छ ।