साप्ताहिक संवाददाता
निर्माता छविराज ओझा पछिल्लो पटक नायिका शिल्पा पोखरेलसँग विवाह गर्ने कुराले चर्चामा छन् । आजदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘किस्मत टु’ की नायिका शिल्पा पोखरेलसँग उक्त चलचित्रकै निर्माता छविराज ओझाको विवाहको हल्ला चलचित्रप्रति दर्शकको चासो बढाउन गरिएको आशंका पनि छ । चलचित्र ‘किस्मत टु’मा छवि क्याम्पका नायकका रूपमा सुपरिचित नायक किशोर खतिवडाका साथमा नयाँ नायक पृथ्वीराज पनि छन् ।
अनुभवी निर्देशक ऋषि लामिछानेले निर्देशन गरेको चलचित्र ‘किस्मत टु’ले पनि दर्शकको मन जित्ने कुरामा निर्माता छविराज ढुक्क छन् । किनभने यही टिमले बनाएको अघिल्लो चलचित्र ‘हवल्दार सुन्तली’ले सफलता पाएको थियो । चलचित्र ‘किस्मत टु’मा निर्देशक लामिछानेले फेरि एकपटक नायिका पोखरेललाई एक्सन रूपमा दोहोर्याएका छन् ।
केही वर्षअघि निर्माता ओझाले रेखा थापा, विराज भट्ट तथा आर्यन सिग्देललाई लिएर सफल चलचित्र ‘किस्मत’ बनाएका थिए । सिक्वेल नभए पनि चलचित्र ‘किस्मत टु’मार्फत शिल्पाले रेखाको स्थान लिन दाबी निर्माता ओझाको छ । मदनकाश्यप घिमिरेले खिचेको चलचित्र ‘किस्मत टु’लाई अनन्त थपलियाले सम्पादन गरेका हुन् ।
निर्देशन : ऋषि लामिछाने
संगीत : अर्जुन पोखरेल/दीपक शर्मा
कलाकार : शिल्पा पोखरेल, किशोर खतिवडा, पृथ्वीराज आदि ।
किस्मत टुको अफिसियल ट्रेलर