साप्ताहिक संवाददाता
बाटो डरलाग्दो छ । वर्षा रोकिएको छैन । थोत्रो गाडीको छतमा कोचिएर जानु छ । ज्यूँदै गाउँ पुगिएछ भने मृत्यु जितेको खुसी मिसाएर मनाउँला ।
छिचिमिरो
यो दसैं अरू वर्षभन्दा केही फरक रहनेछ । पोहोर साल हजुरआमाले दिनुभएको आशीर्वादको निकै सम्झना आउनेछ, उहाँको देहावसानको शोकमा ।
मेलिना श्रेष्ठ
खै हौ दसैं नि आजकल वास्तै हुन्न, केटाकेटी छँदा पो रमाइलो हुन्थ्यो ।
येइन्सा नेम्बाङ
जिन्दगीमा सधैं रमाइलो हँुदैन, तसर्थ यो दसैं अरू कुरा भुलेर मनाउने मन छ ।
युवराज रेग्मी
स्कुलका साथीहरूसँग भेट्ने योजना छ ।
युवा जिना
टीका–जमरा लाएर, सेल–रोटी खाएर तथा मान्यजनको आशीर्वाद लिएर रमाइलोसँग मनाउने विचार छ ।
निर्मल खनाल
आफ्नै जन्मस्थानमा आमाबाबु एवं मान्यजनहरूको हातबाट टीका लगाई रमाइलो गरी मनाउने योजनामा छु ।
कुर्घेली कृष्ण
धेरै वर्षपछि गाउँ जाँदै छु । पुराना साथीहरूसँग रमाइलो गर्ने योजना छ । रोटेपिङ पनि खेलिन्छ ।
हुन नसकेको पत्रकार
खेतमा धान झुलिसक्यो, फूलपातीमा धान काट्न गइन्छ ।
सन्तोष घाप्पा
नयाँ कपडा, मीठो खाना, रातो टीका अनि जमरा र पिङ । देवीको अशीर्वाद थाप्ने त छँदै छ ।
प्रतीक रवीन्द्र
इष्टमित्रसँग भेट्घाट गरी रमाइलो गर्ने योजना छ ।
फरिस्ता न्यौपाने
नयाँ लुगा–टीका लगाउने, पैसो कमाउने, आशीर्वाद थाप्ने, पिङ खेल्ने, मामाघर जाने, फोटो खिच्ने ।
श्रवण
सबै दु:ख, पीर भुलेर खुसी र उमंगका साथ भव्य रमाइलो गर्ने विचार छ ।
हिमाल पुरी
प्रवासीलाई त ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भने जस्तो मात्र हुन्छ ।
जिज्ञासु
मान्यजनकहाँ टीका लगाई आशीर्वाद लिने, साथीभाइहरूसँग घुमघाम गर्ने, कम खर्चिलो तरिकाले मनाउने ।
गणेश घिमिरे
नयाँ नाना, जुत्ता आदि किन्ने, चिची–माम खाने, पिङ खेल्ने, टीका लाउने ।
मोनिका
यसपालि स्कुटी किनिदिँदै छन् घरकाले । आफूलाई त त्यसै दसंै ला’छ हेर्नुस् ।
मनु
साथीभाइ–इष्टमित्रहरूसँग भेट्घाट गरी रमाइलो गर्ने योजना छ ।
दिवस तामाङ
एउटा साहित्यिक कृतिलाई जन्म दिने सोच छ ।
महेन्द्र विष्ट
पीङ खेलेर, मासु खाएर, मान्यजनको हातबाट टीका लगाएर, आशीर्वाद थापेर । मामाघर जाने अनि तास पनि खेल्ने योजना छ ।
अन्तिम
दसैं हैन, दशा हो । शोक मनाइन्छ अब ।
पहाडी सामन्ती बाहुन
साथीहरूसँग तास, लुडो, क्यारिमबोर्ड आदि खेलेर मस्ती गरिन्छ । बेलुकातिर सबै जना मिलेर कुखुराको साँप्रोसँगै चुस्की लगाइन्छ ।
शंकर
घर–परिवारसँगै बसेर मीठो–मसिनो खाने, चन्द्रागिरि केबलकार चढ्ने ।
नरेन्द्र रोकाया
सामान्य तरिकाले मनाउने सोचमा छु ।
मुक्तिनाथ चन्द
यसपालिको दसैंमा खुब रमाइलो गरिन्छ ।
तामाङ कान्छाराम
चाडबाडमा झै–झगडा धेरै हुने भएकाले सतर्क रहन्छु । आफूलाई शान्ति मन पर्छ ।
प्रशान्त अधिकारी
ठूलो गोजी भएको ज्याकेट लगाएर मामाघर जाने अनि त्यो गोजी पैसाले भरेर फर्कने विचार छ ।
उदय अधिकारी