साप्ताहिक संवाददाता
जर्मनीको पर्यटकीय शहर म्युनिस्टरमा अन्तराष्ट्रिय कलाकार मंच जर्मनीको तेस्रो अधिवेशनको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना भएको छ ।
अन्तराष्ट्रिय कलाकार मंच जर्मनीका सल्लाहकार खड्ग न्यौपानेले राष्ट्रिय धुन बजाएर प्रारम्भ गर्नु भएको उक्त कार्यक्रममा मंचको स्थापनाकाल देखिको कामहरूको बृत्तचित्र प्रस्तुत गरिएको थियो । स्पेनमा बसोबास गर्दै आएकी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान युरोप अध्यक्ष सुमी घिमिरेले बिशेष प्रस्तुती दिएकी थिईन् । कार्यक्रममा रबिना सुनुवार, नानु लामा र मिलिसा गुरुङले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।
नेपाल लोक दोहरी प्रतिष्ठान युरोप कि अध्यक्ष गायिका सुमी घिमिरेसंग अन्तरास्ट्रिय कलाकार मन्च जर्मनि का बर्तमान् अध्यक्ष बेल गुरुङले दोहोरी खेल्न थालेपछि दर्शक दिर्घा महिला र पुरुषमा विभक्त भएका थिए । कार्यक्रममा हाँस्यरस छर्न यस सस्थाका सल्लाहकार तथा युवा ब्यवसायी मिलन पन्तले चुट्किला र प्रहसन प्रस्तुत गरेका थिए।
अन्तरास्ट्रिय कलाकार मन्च युरोप का अध्यक्ष दयाराम पौड्याल ,एन आर एन ए जर्मनीका अध्यक्ष नवराज रोस्यरा लगायत जर्मनी भरी का बिभिन्न सस्थाका अध्यक्ष लगायत ले दशै शुभकामना ब्यक्त गर्दै पुर्व उपाध्यक्ष लक्ष्मण जोशिले पनि आफ्नो गित प्रस्तुत गरे भने डुसोलडोर्फ निवासी बिकास मोक्तानले आफ्नो दुई सांगितिक कोसेली प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमा हामी उठ्ने छौंका युरोप संयोजक लव थापाले हामी उठ्ने छौं अभियानको बृत्तचित्र प्रस्तुत गर्दै अभियानको वारेमा प्रकाश पर्नु भएको थियो ।