आश्विन ३०, २०७३
बिहे नै नगरी छोड्पत्र गरेको
लेखूँ म कसरी छोड्पत्र गरेको
हाम्रो सम्बन्ध वर्षौं अघि छुटेको
लाग्दैछ भर्खरै छोड्पत्र गरेको
सपनी किन हो ? विछोड मात्रै देख्ने
रोएर धर्धरी छोड्पत्र गरेको
याद उस्तै छ मात्रै दूरी टाढाको
माया मुटुभरी छोड्पत्र गरेको
अमर प्रेम सम्बन्धले मर्ने होइन
याद घरीघरी छोड्पत्र गरेको
खै औषधी मायाको, खै उपचार ?
भो मुटु दुई थरी छोड्पत्र गरेको ।