साप्ताहिक संवाददाता
आश्विन ३०, २०७३
संगीतकर्मी अमूल कार्की ढलीकी छोरी अलेक्षा राज्यलक्ष्मी कार्कीले दसैंको मालश्री धुनलाई सेक्सोफोनमार्फत प्रस्तुत गरेकी छिन् । १३ वर्षीया अलेक्षा नेपालकै एक मात्र सेक्सोफोनवादक हुन् ।
अलेक्षाको परिवारका तीनपुस्ता संगीतमा सक्रिय छ । उनका हजुरबुवा शुभबहादुर स्थापित संगीतकर्मी हुन् भने बुवा अमूल कार्की नेपाली सेनाको ब्याण्डका लिडर नै हुन् । उनका दाजु एलिस कार्की नेपाली चलचित्रमा ब्याकग्राउण्ड स्कोररका रूपमा कार्यरत छन् ।
युट्युबमा सार्वजनिक भएको अलेक्षाको मालश्री धुनको म्युजिक भिडियोको निर्देशन चलचित्र अभिनेता प्रदीप खड्काले गरेका हुन् ।