कार्तिक १, २०७३
कैले पेट्रोल छैन, कैले ग्यास
कैले औषधी छैन, कैले खानेकुरा
कैले सफा हावा छैन, कैले घाम
कैले धुलै-धुलोको बाटो, त कैले हिलै-हिलोको बाटो
कैले बत्ती छैन, कैले मनको माया
कैले ज्ञान छैन, कैले भविष्य छैन
कैले सपना छैन, कैले निन्द्रा छैन
कैले खाना छ, तर भोक छैन
कैले भोक छ, खाना छैन
कैले घर छ, मानिस छैन
कैले मानिस छन्, घर छैन
कैले बल छ, काम छैन
कैले काम छ, पैसा छैन
कैले सपना छ, बिपना छैन
कैले बिपना छ, कैले कल्पना
कैले छिमेकी छैन, कैले राष्ट्र
कैले राष्ट्र छ, कैले राष्ट्रवाद
कैले देश खोक्रो नेताहरुले चलाएका छन्
कैले देशमा खोको जनताहरु बसिरहेका छन्
यो अभावै अभावको सहरमा
म एउटा आत्मसन्तुष्ट हुने मन बनाउन खोजिरहेछु
तर अभाव र सपनाको भुमरीमा डुबी
पानी परिरहेको बेला म
एक भविष्य देख्छु
अहिले सम्म निन्द्राबाट ब्युझिएको छैन म ।