साप्ताहिक संवाददाता
कार्तिक १, २०७३
लाक्पा फुटी शेर्पाको आत्मकथा हिमालमा चालिस वर्षको अंग्रेजी संस्करण फोर्टी इयर्स इन दि माउन्टेन बजारमा आएको छ । १३ वर्षको उमेरमै हिमाल आरोहणमा लागेकी शेर्पाले आफ्नो जीवनका तिनै भोगाइ र अनुभबहरु समेटेर हिमालमा चालिस वर्ष आत्मकथा लेखेकी थिईन् । सोलुखुम्बुमा जन्मेकी शेर्पाको त्यही कृति अंग्रेजीमा अनुबाद भएर आएको हो ।
फोर्टी इयर्स इन दि माउन्टेन हिमाली जनजीवन, त्यहाँको समुदाय र सगरमाथा आरोहण गर्दाका रोमाञ्चक विषयवस्तुहरु बुझ्न सघाउँछ । सगरमाथा आरोहण गर्ने उनको प्रयास बिफल भयो । पासाङ ल्हामु शेर्पासंगका रोचक अनुभबहरु पुस्तकमा समेटिएका छन् ।
शेर्पा पर्वतीय पर्यटन प्रशिक्षक केन्द्रकी कार्यकारी निर्देशक समेत हुन् । लाक्पा फुटी ट्रस्टले बजारमा ल्याएको यस पुस्तकको मूल्य ५ सय १५ रुपैंयाँ राखिएको छ ।