साप्ताहिक संवाददाता
भर्खर टिनएज सकेका युवाप्रेमीहरूको प्रेमकथामा आधारित चलचित्र ‘२१ वर्ष’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । हास्यप्रधान प्रेमकथा भनिएको चलचित्र ‘२१ वर्ष’मा नयाँ कलाकार तथा प्राविधिकहरूको बाहुल्यता छ ।
चलचित्रमा एउटा २१ वर्षको युवक जीवनको गन्तव्य पछ्याउन परिवारलगायत सबैलाई छाडेर भौंतारिन्छ । त्यसपछि उसले पाउने प्रेम एवं एक्लोपनलाई चलचित्र २१ वर्षको पर्दामा उतारिएको छ । एक्लोपनमा उत्पन्न हुने समस्या, प्रेम र पारिवारको साथको चाहना अनि यो उमेरमा गन्तव्यमा पुग्न नसकी लगातार भोग्ने असफलतालाई चलचित्रको केन्द्रमा राखिएको छ ।
श्री राम बालाजी फिल्म्सको ब्यानरमा निर्मित यो चलचित्रलाई सुमन कोइरालाले खिचेका हुन् भने चलचित्रका निर्देशक जनक खड्कासहित यसमा काम गर्ने अधिकांश कलाकार तथा प्राविधिकहरूको उमेर पनि २१ वर्ष नै छ ।
निर्देशक : जनक खड्का
कलाकार : जुनीम गहतराज, सबिना मगर, मेरिना सैंजु आदि ।
चलचित्र २१ वर्ष को अफिसियल ट्रेलर