साप्ताहिक संवाददाता
‘कलेज क्वीन नेपाल–२०१६’ को ताज रशु शाक्यको पोल्टामा परेको छ । १७ प्रतिष्पर्धीलाई पछि पार्दै रशुले ताज हात पार्न सफल भएकी हुन् । आयोजकका अनुसार रशुले ताजसहित नगद ५० हजार र बिबिए अध्ययनका लागि पूर्ण छात्रबृत्ति पाएकी हुन् । पाटनकी रशु हाल डिएभी कलेजमा अध्ययनरत छिन् ।
कार्यक्रममा कोलिश कलेजमा अध्ययनरत सबिना गुरुङ फस्र्ट रनरअप तथा क्वीन एजुकेशनल एम्बासडर अफ नेपाल घोषित भएकी छन् भने सिद्धी गणेशमा अध्ययनरत बिनिता गुरुङ सेकेन्ड रनरअप तथा ‘कलेज क्वीन आइकन नेपाल’ बनेकी छन् ।
प्रतियोगितामा पब्लिक च्वाइस अपना गिरी, बेस्ट ड्रेस प्रीति प्रधान, र बेस्ट स्माइल निकिस्ता हमालले जित्न सफल भए भने करिना कक्षपति बेस्ट क्याट्वाक, अश्मी लामा बेस्ट हेयर, अश्मिता क्षेत्री बेस्ट ट्यालेन्ट, यमुना बुढामगर बेस्ट डिसिप्लेन, सुष्मिता कार्की बेस्ट फोटोजेनिक, अल्बिना सिंह बेस्ट स्पोन्टेनीसिअस, कोपिला तामाङ बेस्ट ब्युटी, अलिशा सिंह बेस्ट पर्सनालिटी, कविता लामा बेस्ट स्किन, बिनु श्रेष्ठ मिस फ्रेन्डशिप र आरजु कुँवरले बेस्ट गर्जियसको सब टाइटल पाएका छन् ।
यस प्रतियोगिताका लागि कोरियोग्राफर आरजे अञ्जली शाक्य, संचारकर्मी एवं गीतकार भरत बम्जन, पत्रकार आरडी श्रंखला, पर्यटन व्यवसायी किशन सिंह, हिसानका सचिव रामहरी सिलवाल र कोरियोग्राफर अश्विनी झा निर्णायक मण्डलमा थिए । आरके इन्टरटेन्मेन्ट ग्रुपले कार्यक्रमको आयोजना गरेको हो ।