साप्ताहिक संवाददाता
कार्तिक ५, २०७३
बेचिएपछि आफ्नो एकल संघर्षका बलमा स्वदेश फर्की आफूलाई मुम्बई पुर्याउने गिरोहलाई सजाय दिन सफल चरिमाया तामाङको जीवन संघर्षमा आधारित भनेर निर्माण थालिएको चलचित्र ‘मखमली’ आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।
राजु गिरीले निर्देशन गरेको चलचित्र ‘मखमली’मा चरिमायाको चरित्र नायिका शुभेच्छा थापाले निर्वाह गरेकी छिन् । चलचित्र ‘मखमली’ मा पुरुष कलाकारहरू धेरै छन् । यसअघि चलचित्रमा अश्लील दृश्यहरू राखेर चर्चामा आउने निर्देशक राजु गिरीले चलचित्र ‘मखमली’ मा भने अश्लील दृश्यहरू भने नभएको बताएका छन् । वासु बरालले खिचेको यो चलचित्रलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।
निर्देशक : राजु गिरी
संगीत : टीका भण्डारी
कलाकार : शुभेच्छा थापा, दुर्गेश थापा, सिके सिंह, अशोक फुयाँल आदि ।
चलचित्र मखमली को अफिसियल ट्रेलर