साप्ताहिक संवाददाता
ओप्पोले सेल्फी लर्भसहरूलाई मध्यनजर गरेर एफवान एस मोडलको स्मार्टफोनलाई नेपाली बजारमा ल्याएको छ ।
१६ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको यो लेन्समा मुहारलाई अझ राम्रो बनाउने फिचर रहेको छ । यो सेटको रिअर क्यामेरा भने १३ मेगा पिक्सेलको रहेको छ ।
ओक्टाकोर प्रोसेसर रहेको यो सेटमा ३ जिवी र्याम र ३२ जिवी इन्टरनल स्टोरेज रहेको छ । माइक्रो एसडी मार्फत् क्षमतालाई १ सय २८ जिवीसम्म पुर्याउन सकिन्छ ।
दुईवटा नानो सिम लाग्ने यो सेटको स्क्रिन साईज ५ दशमलब ५ इन्चको रहेको छ । फिंगरप्रिन्टवाट खोल्ने हुनाले सेटलाई सुरक्षित मानिएको छ । यो सेटको ब्याट्रि क्षमता पनि राम्रो रहेको छ । यसमा ३ हजार ७५ एमएएच क्षमताको ब्याट्रि रहेको छ । निकट भविष्यमा नेपालमा संचालनमा आउने फोरजी पनि सर्पोट गर्ने यो सेटको नेपाली बजारमा ३२ हजार ३ सय ९० रुपैंया पर्ने गर्छ ।