साप्ताहिक संवाददाता
कार्तिक ६, २०७३
कात्तिक ३ गतेदेखि काठमाडौंको मण्डला थिएटरका कलाकारहरू कात्तिक १३ गतेसम्मका लागि पूर्वाञ्चल नाट्य यात्रामा निस्किएका छन् । ट्रकमाथि बनाइएको मोबाइल थिएटर जूनकीरीमा मण्डलाका कलाकारहरूले पूर्वका विभिन्न स्थानमा नाटक मञ्चन गर्नेछन् ।
यात्रामा निस्किएको टोलीमा दयाहाङ राई, राजन खतिवडा, बुद्धि तामाङ, सोमनाथ खनाल, नाजिर हुसेन, सिर्जना सुब्बा, प्रदीपकुमार चौधरी आदि छन् । यो यात्राका क्रममा राजन खतिवडा निर्देशित ‘मनचिन्ते फिरन्ते’ तथा दयाहाङ राई निर्देशित ‘डिग्री माइला’ मञ्चन गरिनेछ ।