अमेरिका जाने इच्छा धेरैमा देखिन्छ । दैनिक सयौं नेपाली युवा विदेश हान्निने गरेका छन् । कसैले विद्यार्थी भिसा त कसैले कामदारका रूपमा विदेश जान लाखौं खर्च गरिरहेकै छन् । यसरी विदेश जानेहरूको प्रमुख रोजाइ अमेरिका हुन्छ ।
विभिन्न बहानामा अमेरिका छिरेर उतै लुक्ने वा लाखौं खर्च गरेर चोरबाटो बाटै भए पनि अमेरिका जाने नेपालीहरूको संख्यासमेत बाक्लै छ तर अमेरिका पुग्ने एउटा वैधानिक बाटो अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) हो ।
डिभीमार्फत वैधानिक रूपमा अमेरिका जाने सपना साकार हुने भएपछि अधिकांश नेपाली डिभी पर्ने आशामा फारम भर्न लालायित हुन्छन् तर उनीहरूको यही सपनाको फाइदा उठाउँदै रकम कुम्ल्याउन खोज्नेहरूको संख्या पनि वर्षैपिच्छे बढ्दै गएको छ । बजारमा विभिन्न ठाउामा माइकिङका साथ विभिन्न प्रचार सामग्रीको माध्यमबाट डिभी भर्न आफ्नो संस्थामा आउन आग्रह गर्नेहरूको भीड छ्याप्छ्याप्ती देखिन्छ । यस्ता व्यक्ति तथा संस्थाले विभिन्न बहानामा आफूखुसी रकम लिने गरेका छन् ।
निस्शुल्क भर्न पाइने डिभी भरेर मनग्ये आम्दानी गरिरहेकाहरूको धन्दा बन्द गराउन उचित पहल भएको देखिँदैन । यसले अनुचित रूपमा रकम असुल्नेहरूको मनोवल उच्च बन्दै गएको छ । कतिपय संस्था त डिभी भर्नकै लागि मात्र खुल्ने गरेका छन् । उनीहरूले डिभी भर्ने युवाहरूलाई मात्र नभएर राज्यलाई नै ठगेका छन् । अधिकांशले यसरी अवैध तरिकाले गरेको आम्दानीको करसमेत तिर्दैनन् ।
यो वर्ष सन् २०१८ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ९डिभी० को आवेदन असोज १८ गते मंगलबारदेखि खुलेको छ । नेपाली समयअनुसार मंगलबार राति ९स्४५ बजेदेखि आवेदन दर्ता सुरु भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिट्ठा कात्तिक २२ गते राति १०स्४५ बजे बन्द हुनेछ । डिभी चिट्ठा भर्न कुनै शुल्क तिर्नुपर्दैन । अमेरिकी दूतावासले डिभी चिट्ठा भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । डिभी चिट्ठा निस्शुल्क भएकाले कुनै पनि शुल्क नतिर्नसमेत दूतावासले आग्रह गरेको छ तै पनि विभिन्न बहानामा शुल्क उठाउँदै डिभी भरिदिनेहरूको गतिविधि बढ्दो छ ।
हुन त अमेरिकी दूतावासले विज्ञप्ति नै जारी गरी डिभी भर्न चाहने नेपालीहरूलाई सचेत गराएको भए पनि त्यसप्रति धेरैले बेवास्ता गरेको देखिन्छ । यता दूतावासले ‘डिभी भर्न सहयोग चाहिए परिवारका सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ सोच्नुहोला । सहयोग जसले गरे पनि आफ्नो आवेदनका लागि तपाई स्वयं जिम्मेवार रहनुहुनेछ ।’ भन्दै सचेत गराएको छ ।
अनलाइन डिभी फारम भर्ने तथा नतिजा हेर्ने तरिका
सन् २०१८ को डिभी चिट्ठाका लागि फारम भर्न पाइने मितिभित्र www.dvlottery.state.gov मा गै फारम भर्नुपर्नेछ । फारम भर्दा आफ्ना श्रीमान्–श्रीमती र फारम भर्ने मिति कात्तिक २२ गते राति १०स्४५ बजेसम्म २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण अनिवार्य उल्लेख गर्नुपर्ने छ । श्रीमान्–श्रीमती र सन्तानको विवरण नभरी पेस गरिएको आवेदन मान्य हुने छैन ।
डिभीका लागि एकजनाले एउटा मात्र आवेदन फारम बुझाउनुपर्नेछ । एकभन्दा बढी आवेदन फारम बुझाउने आवेदक चिट्ठाका लागि अयोग्य ठहरिन्छन् । अघिल्लो वर्षको डिभी भर्दा प्रयोग गरिएको फोटो यो वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन ।
फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नुपर्छ । पेस गरिएको फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसाग मेल खाने हुनुपर्छ । चस्मा लगाएर खिचिएको फोटो स्वीकार्य हुँदैन । डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्न बिर्सनु हुँदैन किनभने पछि डिभी परे नपरेको हेर्ने यही कन्फर्मेसन नम्बरबाट हो ।
आफूलाई डिभी चिट्ठा पर्यो कि परेन भन्ने कुरा आगामी २०७४ साल वैशाख १९ गते मंगलबार ९९ मे २, २०१७० का दिन थाहा हुनेछ, अर्थात् २०७४ को वैशाख १९ गतेदेखि www.dvlottery.state.gov साइटमा गएर आफ्नो कन्फर्मेसन नम्बर टाइप गरी नतीजा हेर्न सकिन्छ । यसरी डिभी चिट्ठाको आवेदन फारम भर्न तथा नतिजा हेर्न कुनै रकम तिर्नुपर्दैन केवल माथि भनिएका विधि प्रयोग गरे पुग्छ ।