साप्ताहिक संवाददाता
कार्तिक ९, २०७३
बुटवलको बागेश्वरी संगीतालयले अल नेपाल डान्स च्याम्प शीर्षकमा राष्ट्रव्यापी एकल नृत्य प्रतियोगिता आयोजित गर्ने भएको छ । कात्तिक १ गतेदेखि बुटवलबाट प्रारम्भ भएको यो प्रतियोगिताको अडिसन भैरहवा, तानसेन, सन्धिखर्क, कपिलवस्तु, नवलपरासी, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, वालिङ, पोखरा, दमौली, नारायणगढ, वीरगन्ज, इटहरी हुँदै मंसिर २ गते काठमाडौंमा पुगेर अन्त्य हुनेछ ।
१७ सहरमा हुने अडिसनबाट १ सय जना, ४० जना हुँदै १०–१० जनालाई बुटवलमा हुने ग्रान्ड फिनालेमा उतारिने कार्यक्रम निर्देशक सुरेश सेन्चुरीले बताए ।